बुधबार, वैशाख १६, २०८३

विश्वमा पुन: तीव्र गतिमा फैलिँदै कोरोना

टाइम्स अफ इन्डियाको अंग्रेजी संस्करणमा छापिएको समाचार अनुसार विश्वका थुप्रै देशमा पुन: कोरोना संक्रमण बढिरहेको छ।
 |  मंगलबार, पुस ५, २०७९

बीबीसी

बीबीसी

मंगलबार, पुस ५, २०७९

National life
kumari

काठमाडौं- टाइम्स अफ इन्डियाको अंग्रेजी संस्करणमा छापिएको समाचार अनुसार विश्वका थुप्रै देशमा पुन: कोरोना संक्रमण बढिरहेको छ। नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घट्दो क्रममा रहे पनि एसिया र युरोपका देशहरूमा कोरोना तीव्रगतिमा फैलिरहेको हो। वर्डमिटरका अनुसार २ नोभेम्बरबाट विश्वभर कोरोना संक्रमण बढिरहेको हो।

दुई नोभेम्बरसम्म ३.३ लाख संक्रमित रहेकोमा १८ डिसेम्बरमा यो संख्या ५५ प्रतिशतले बढेर ५.१ लाख पुगेको छ। चीनमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ। चीनमा कोरोना नियन्त्रका लागि बनाइएको नियम खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्दै गएको हो।

यतिबेला सबैभन्दा बढी कोरोना संक्रमण जापानमा फैलिरहेको छ। जापानमा पछिल्लो एक हप्ता यता १० नयाँ संक्रमित फेला परेका छन्। यस सातामात्रै जापानमा संक्रमणबाट १६ सय जनाले ज्यान गुमाएका छन्। दक्षिण कोरियामा एक हप्तामा ४.५ लाख नयाँ संक्रमित फेला परेका छन्।

प्रकाशित: Dec 20, 2022| 13:19 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्