शनिबार, फागुन ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रामपुरमा जग्गाको वर्गीकरण

रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ।
 |  आइतबार, पुस ३, २०७९

रासस

रासस

आइतबार, पुस ३, २०७९

ntc landingntc landing

रामपुर– रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ। जग्गाको आवास, कृषि, व्यावसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गरिएको हो। विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरी जग्गाको वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ। 

himalayan bank box

नगर सरकारको भू–उपयोग परिषद्को बैठकले छ मिटर चौडाइ भएको बाटोको दायाँबायाँ ५० मिटर, आठ मिटर बाटोको दायाँबाँया ७० मिटर, १० मिटर बाटोको दायाँबायाँ ८० मिटर र १० मिटरभन्दा माथिका मापदण्ड भएका बाटोको दायाँबायाँ एक सय मिटरसम्म आवासीय क्षेत्र निर्धारण गरेको छ। 

अंशवण्डा गर्दा आवास थप्नुपर्ने भए आपसी समझदारीमा मापदण्डअनुसार बाटो विस्तार गरी आवास बनाउन सकिने भू–उपयोग परिषद्को बैठकले निर्णय गरेको छ। नगरपालिकाअन्तर्गत समथर भू–भाग छोडी अन्य पहाडी क्षेत्रमा बाटोको ३० मिटर दायाँबायाँ क्षेत्रलाई आवासीय क्षेत्र तोकेको छ। 

कालीगण्डकी करिडोर सडकबाट एक सय मिटर दायाँबायाँको क्षेत्रलाई व्यावसायिक क्षेत्र निर्धारण गरिएको छ। रामपुर नगरपालिका–७ स्थित किसानबारीबाट तुरुन्दी खोलासम्मको मूलबाटोमा पर्ने वीरेन्द्रटारको उत्तरतर्फको ९६ रोपनी जग्गालाई औद्योगिक क्षेत्र निर्धारण गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए। 

‘अन्धाधुन्ध तरिकाले घर भवन, संरचना बन्ने, उद्योग व्यवसाय सञ्चालनले बस्ती अव्यवस्थित देखिएको छ’, उनले भने, ‘जग्गाको वर्गीकरण भएपछि विभिन्न व्यावसाय, उद्यम गर्न सहज हुनेछ, जग्गाको क्षेत्र निर्धारणले रामपुर सहर व्यवस्थित बन्दै जानेछ।’ 

भू–उपयोग परिषद्का अध्यक्ष थापाका अनुसार प्रयोगमा आएको चौर श्रेस्ता कायम नभएको बाटोको मापदण्ड कायम गरी बाटो सार्वजनिक गर्न सकिने भएको छ। नगरभित्र रहेका खानी तथा खनिज क्षेत्र, नदीखोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रबाहेकका अन्य क्षेत्रलाई कृषि क्षेत्रका रूपमा तोकिएको छ।

जग्गाको वर्गीकरण गरी नगरपालिकाले सङ्घमा पेस गरेको छ। सङ्घबाट स्वीकृत भइआएमा नगरभित्रका जग्गाको कित्ताकाट गरी बिक्री गर्न सकिनेछ। भू–उपयोग वर्गीकरणसम्बन्धी कुनै फैसला अदालतबाट भएर आएमा सोहीबमोजिम कार्यान्वयन गर्ने समितिले जनाएको छ।

प्रकाशित: Dec 18, 2022| 08:35 आइतबार, पुस ३, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।