सोमबार, मंसिर २२, २०८२

मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम

कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ।
 |  आइतबार, पुस ३, २०७९

रासस

रासस

आइतबार, पुस ३, २०७९

धनुषा- कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८०  युवालाई तालिम दिइएको  छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो। 

National life

सो कार्यक्रमको प्रगति र समीक्षाबारे स्थानीय पालिका प्रमुखसँग गरेको अन्तक्र्रिया कार्यक्रममा प्रदेशका नौ सय ८० मध्ये नौ सय ६७ जनाले पूर्णरूपमा तालिम लिएको युएनडिपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा मुकुन्दमणि खनालले बताए।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले एक सय ६० घण्टाको तालिम लिएका युवा स्वरोजगार हुन थालेकाले तालिम प्रभावकारी भएको बताए। उनले  सरकार मिलेर  बेरोजगार युवालाई प्रोत्साहन हुने गरी अनुदान, सहुलियत दरमा कर्जा प्रवाहलगायत प्राविधिक सेवा दिनुपर्ने आवश्यकता भएको बताए।

मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले युवालाई स्वदेशमै सीप सिकाउन सके रोजगारमूलक व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, पूर्वशिक्षा सचिव डा रामहरि लामिछाने, सिटीइभिटी मधेस प्रदेश प्रमुख नागेन्द्र साह, कार्यक्रमका मधेस प्रदेश संयोजक दीपक साहशङ्करले कार्यक्रमका विविध पक्षमाथि चर्चा गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 18, 2022| 07:53 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।