शनिबार, फागुन ३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी

Siddartha premir insuranceSiddartha premir insurance

अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी

कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्।
 |  शनिबार, पुस २, २०७९

रासस

रासस

शनिबार, पुस २, २०७९

ntc landingntc landing

मान्म- कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्। अन्तर प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टबीच भएको छलफलमा अन्तर प्रदेश जोड्ने सडकको निर्माणमा पहल थाल्ने प्रतिबद्धतासहित समझदारी गरेका हुन्। 

himalayan bank box

दुवै प्रदेशका जनप्रतिनिधिबीच काठमाडौंमा सडक निर्माण गर्ने विषयमा छलफल भएको र सडक निर्माणका लागि संयुक्त प्रयास थालिने समझदारी भएको कर्णाली प्रदेशसभाका सदस्य विष्टले जानकारी दिए। 'कालीकोट र अछामलाई अन्तर प्रदेश सडक निर्माणका विषयमा पहल थाल्ने आपसी समझदारी बनेको छ', उनले भने, 'दुई जिल्ला जोड्ने सडक निर्माणका लागि दुवै प्रदेश तथा सङ्घीय सरकारमा पहल थालिने छ।'

अछाम पञ्चदेवल विनायक नगरपालिकाको बेलखेतदेखि कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालु सडक, अछामको पञ्चदेवल नगरपालिका कोसेडी, कालाभिड हुँदै कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालु जोड्ने अन्तर प्रदेश सडक निर्माणका छलफल भएको र यी दुई ठाउँबाट सडक निर्माणका लागि पहल थालिने अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले बताए। 'अन्तर प्रदेश सडक मात्र नभएर यी दुई जिल्ला आवातजावत गर्न सहज बनाउन सडक निर्माण आवश्यक रहेको छ', उनले भने, 'अहिले सडक सञ्जाल नहुँदा आवतजावतदेखि व्यापारिक हिसाबले समस्या हुनेगरेको छ।'

कालीकोट र अछाम अन्तर प्रदेश सडक सञ्जालसँग जोडिएपछि कर्णाली प्रदेश र सुदूरपश्चिमको पर्यटन क्षेत्रमा टेवा पुग्ने अछाम तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्प शर्माले बताए। अन्तर प्रदेश सडक निर्माणका लागि दुवै प्रदेशका जनप्रनिधि एक ठाउँमा भएको र सडक निर्माणका लागि दुवै प्रदेशका सङ्घ, प्रदेश र स्थानीय सरकारले पहल थाल्ने सहमति भएको कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए।

प्रकाशित: Dec 17, 2022| 09:25 शनिबार, पुस २, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।