मंगलबार, पुस २९, २०८२

जाम्बियाको सडक छेउमा २७ शव फेला

जाम्बियाको राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ जनाको शव फेला परेको छ। ती शव इथियोपियाबाट आएका आप्रवासीको हुनसक्ने अनुमान गरिएको बीबीसीमा उल्लेख छ।
 |  सोमबार, मंसिर २६, २०७९

बीबीसी

बीबीसी

सोमबार, मंसिर २६, २०७९

लुसाका- जाम्बियाको राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ जनाको शव फेला परेको छ। ती शव इथियोपियाबाट आएका आप्रवासीको हुनसक्ने अनुमान गरिएको बीबीसीमा उल्लेख छ।

National life

प्रहरी प्रवक्ता ड्यान्नी म्वालेले उनीहरू ट्रान्जिटमा निस्सासिएर मरेको हुनसक्ने बताएका छन्। एक व्यक्ति अझै श्वास फेर्न प्रयास गरिरहेको अवस्थामा भेटिएको र उनलाई स्थानीय अस्पतालमा लगिएको बताइएको छ। 

दक्षिण अफ्रिकातर्फ जान होर्न अफ अफ्रिकाबाट आउने अधिकांश आप्रवासीका लागि जाम्बिया ट्रान्जिट प्वाइन्ट हो। स्थानीय समय अनुसार आइतबार बिहान ६ बजे ग्वेरेर्रेमा शव फेला पारेको बताइएको छ। उनीहरूका साथ भेटिएका कागजातबाट तिनीहरू इथियोपियाली नागरिक हुनुपर्ने अनुमान गरिएको छ । 

शवलाई जाम्बिया युनिभर्सिटी टिचिङ हस्पिटलको मुर्दाघरमा लागिएको छ।

प्रकाशित: Dec 12, 2022| 07:09 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।