शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचान नभए खाता नखोल्न राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचान नभए खाता नखोल्न राष्ट्र बैंकको निर्देशन

 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचान हुन नसकेको अवस्थामा त्यस्ता ग्राहकको खाता नखोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकले ग्राहक पहिचान हुन नसके त्यस्ता ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापित नगर्न सुझाएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को निर्देशनका केही बुँदामा संशोधन गरेको छ। संशोधित निर्देशनमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ।’

यस्तो अवस्थामा राष्ट्र बैंकले आवश्यक ठाने शंकास्पद कारोबार÷गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेस गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थाका सञ्चालक, सीईओ तथा कर्मचारीका लागि छुट्टै आचारसंहिता बनाएर लागू गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट मात्रै शंकास्पद कारोबारसम्बन्धी गतिविधि पेस गर्नुपर्नेछ।

प्रकाशित: Dec 02, 2022| 15:47 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्