शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको त्रैमासिक मुद्रास्फीति सर्वेक्षण : एक वर्षपछि मूल्यवृद्धि १२ प्रतिशत पुग्ने

राष्ट्र बैंकको त्रैमासिक मुद्रास्फीति सर्वेक्षण : एक वर्षपछि मूल्यवृद्धि १२ प्रतिशत पुग्ने

२३ देखि २९ असोजसम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिसँगको अन्तर्वार्तामार्फत उक्त सर्वेक्षण गरिएको राष्ट्र बैंकले बताएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०  को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ। २३ देखि २९ असोजसम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिसँगको अन्तर्वार्तामार्फत उक्त सर्वेक्षण गरिएको राष्ट्र बैंकले बताएको छ।

National life

राष्ट्र बैंकले सार्वजनिक गरेको नतिजाको परिणाम २० हजार ४० व्यक्तिको प्रतिक्रियामा आधारित छ। अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८९९ थप व्यक्ति थपिएका छन्।

८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।

आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंशअसार २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै बढेको छ। खाद्य र खाद्यवस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश असार, २०७९ को तुलनामा घटेको छ। 

खाद्य र सोही समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैरखाद्य र सेवा समूहबाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताको अंश असार २०७९ को तुलनामा केही घटेको राष्ट्र बैंकले बताएको छ।

Shivam cement

तीन महिनापछिको मध्य र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ। तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ।

प्रकाशित: Dec 02, 2022| 15:31 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्