शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्भेष्टमेण्ट बैंकले पायो ‘बैंक अफ द इयर २०२२’ अवार्ड

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो ‘बैंक अफ द इयर २०२२’ अवार्ड

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘बैंक अफ द इयर–२०२२’ अवार्ड पाएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘बैंक अफ द इयर–२०२२’ अवार्ड पाएको छ। लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो। बिहीबार बेलायतको लण्डनमा आयोजित सवार्ड समारोह कार्यक्रममा पुगेर बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले उक्त अवार्ड ग्रहण गरेका हुन्।

National life

फाइनान्सियल टाइम्स लण्डनबाट प्रकाशित दैनिक समाचार पत्र हो। यसले हरेक वर्ष बैंक अफ द अवार्ड घोषणा गर्दै आएको छ। एनआइबीएलले उक्त अवार्ड पाएकोमा सिईओ पाण्डेले गौरवान्वित महशुस गरेको बताए।

एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक रहेको उनको भनाई छ। उनले अवार्ड जित्नु एनआइबिएलले नेपालको वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण रहेको बताए।

उक्त अवार्ड बैंकको स्थिर वृद्धि र कार्यसम्पादन रणनीतिक पहल र प्राविधिक प्रगतिको परिणाम रहेको जनाएको छ। सिईओ पाण्डेका अनुसार बैंकले आफ्ना बृहत ग्राहकवर्गलाई बजारमा माथि उठाउनको लागि नवीन उत्पादन तथा सेवाहरू पनि उपलब्ध गराएको छ।

ग्रामीण क्षेत्रको जीवनस्तरमा सुधार गर्दै न्यून ब्याजबाट वञ्चित क्षेत्र कर्जा उत्पादनहरू उपलब्ध गराई समाजका पिछडिएका वर्गहरूलाई वित्तीय पहुँच र समावेशीकरणमा निरन्तर ध्यान केन्द्रित गरेको छ।

Shivam cement

हालसम्म बैंकले ८८ शाखा, १३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

प्रकाशित: Dec 02, 2022| 15:11 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्