बिहीबार, वैशाख १३, २०८१

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।
 |  मंगलबार, मंसिर १३, २०७९

भानु बोखिम

भानु बोखिम

मंगलबार, मंसिर १३, २०७९

'आफ्नो विचार प्रष्टसँग राख्ने हो। विचार मिल्नेहरू जोडिँदै जान्छन्, नमिल्नेहरू छोडिँदै जान्छन्। यो आवश्यक छ जीवनमा। सबैको प्रिय बन्न खोजेर हुँदैन। यदि कोही त्यस्तो बन्न खोज्छ भने त्यो 'दोगला' हुन्छ।'

triton college

माथिका लाइन निर्वाचन बहिष्कारमा रहेका महावीर विश्वकर्माले लेखेको अन्तिम फेसबुक स्टाटस बन्न पुगेको छ। निर्वाचन सकिएको तेस्रो बिहानीको मंगलबार निकै बोझिलो बन्यो। अबेर निदाएकोले बिहान उठ्ने काम पनि निकै ढिलो भयो। ब्युँझदा साइलेन्समा राखेको मोबाइलमा फरक फरक साथीका नौ वटा मिस्ड कल थिए। पहिलो साथीलाई रेस्पोन्स गर्ने बित्तिक्कै थाहा भयो कि महावीर विश्वकर्मा रहेनन्। 

एकपछि अर्को गर्दै मिस्ड कल रेस्पोन्स गर्ने काम सकियो। सबै कलको उद्देश्य एउटै थियो, महावीर विश्वकर्माको मृत्युको खबर। महावीर मंगलबार बिहानै चितवनको भन्डाराबाट काठमाण्डौ आउँदै थिए। उनी चढेको गाडीले रोकिराखेको ट्रकलाई ठक्कर दिएको थियो। अन्य घाइते हुदा महावीर त्यो घटनामा ज्यान गुमाउने एक्लो यात्री भए। उनको मृत्युको खबरले महावीरसँग भेट हुनुअघिको एक घटना याद दिलायो। त्यो बेला म कार्यरत संस्थाले नियमित रुपमा टेलिभिजनमा प्रशारण हुने एक बहस कार्यक्रम उत्पादन गर्थ्यो। म स्वयं त्यो समूहमा नभए पनि एउटै संस्था भएकोले उत्पादनपूर्व नै कार्यक्रमको विषय थाहा हुन्थ्यो। कार्यक्रमले सडक दुर्घटनाको बिषय उठाउने तयारी गर्दै एक महिला सहकर्मीले भनिन् – हामीले पछिल्लो १० वर्षको डाटा निकालेका छौं, समयावधि र मृत्युदर हेर्ने हो भने १० वर्षमा सडक दुर्घटनामा यति धेरैले ज्यान गुमाए कि त्यति त १० वर्षको माओवादी युद्धमा पनि मरेका छैनन्। 

त्यसको केही वर्षपछि अर्काे संस्थामा काम गर्ने क्रममा महावीर भेटिए। शुरुमा भेटिँदाको महावीर, पछिल्लो समयको महावीरभन्दा धेरै भिन्न थिए। त्यो बेला उनको चाहना औषत मानिसको भन्दा धेरै माथि थिएन। तर पछिल्लो समय समाज परिवर्तनको अभियानमा जोडतोडले लागेका थिए। निश्चय नै महावीर विभेद विरुद्धको अभियन्ताले सम्झि नै रहनेछन्। तर यो आन्दोलन र अभियानमा महावीरको अभाव खड्कि नै रहनेछ। 

महावीर विश्वकर्मासँग भेट एन्टेना फाउन्डेसन नेपालमा काम गर्दा भएको थियो। यो २०७१ सालको पुस-माघतिरको कुरा हो। उनी रेडियो कार्यक्रम उत्पादकको रुपमा काम गर्न अन्य कुनै संस्थाबाट आएका थिए। मैले नयाँ आउने सहकर्मीको रुपमा उनको नाम पहिलोपल्ट सुने। तर मैले थाहा नपाए पनि महावीर विश्वकर्मा धेरैको लागि चर्चित नाम रहेछ। त्यो बेला नै फेसबुकमा ९० हजारको हाराहारीमा उनका फलोवर थिए। प्राय मुक्तक बाचन हुने उनको रेडियो कार्यक्रम बहकिने मन किशोर किशोरी तथा युवा पुस्तामाझ अत्यधिक थियो। ऊ पेशाको हिसाबले पत्रकार भए पनि बहकिने मनले सेलिब्रेटीको छवि दिएको थियो। 

corrent noodles
Metro Mart

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

महावीरसँग भेट भएको चार-पाँच महिना नबित्दै मैले एन्टेना फाउन्डेसन नेपाल छोडें। तर उनीसँगको भेटघाट र मित्रता भने छुटेन। उनी त्यो बेला सेलिब्रेटी छविमै रमाएको पाएँ। यद्यपि उनले विभेदको घटनामा विरोध जनाउने तथा यसको कारणमा आफ्नो धारणा ब्यक्त गर्ने गर्थे। चार महिना सँगसँगै काम गरेपछि म त्यो संस्थाबाट अलगिएँ।  कार्यालय फरक भए पनि बेला बेला हाम्रो भेट भइरहन्थ्यो। एकदिन उनले फोन गरेर भेट्न खोजे। त्यही साँझ चिया खाँदै कुरा गर्दा उनले आफू राजनीतिमा सम्लग्न हुन लागेको बताए। यसैमा सल्लाह लिन मसँग भेटेका थिए। तर मैले उनलाई सल्लाह नै दिनुपर्ने कुरा केही थिएन। मैले शुभकामना व्यक्त गरें। 

उनी वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो। पार्टीमार्फत जात ब्यवस्था अन्त्यको लागि विभिन्न जिल्लामा पुगेर भाषण गर्ने, प्रशिक्षण दिने काम गरिरहेका थिए। परिणाम- उनलाई जातिवादी भएको आरोप लाग्न थालेको थियो। एक फराकिलो दायराबाट साँगुरो गल्लीमा छिरेको भनेर गुनासो गर्नेहरु पनि थिए। समाजलाई भाँड्न वा भड्काउन खोजेको आरोप लागिरहेकै थियो। तर यी आरोपबाट उनी विचलित भएनन् र हुने पनि थिएनन्। उनी आफ्नो दर्शन, सिद्धान्त र लक्ष्यमा स्पस्ट र प्रतिवद्ध थिए। यो समाजलाई हेर्ने नजर र दृष्टिकोण फरक फरक छ। जातले सामाजिक स्तरीकरणमा उपल्लो तह प्राप्त गरेको र त्यसमा समाज र राज्यको कमजोरी नदेख्नेहरुले देखेझैं समाज शान्त थिएन र छैन पनि।

समाज सहिष्णु देखिए पनि त्यहाँ पीडा र आक्रोषको आवाजहरु दबाइएका थिए। द्वन्द्व व्यवस्थापनको भाषामा भन्दा त्यहाँ नकरात्मक शान्ति थियो जो कुनै पनि बेला विस्फोट हुन सक्छ र महावीरको अभियानमा हाम्रो समाजको नकरात्मक शान्ति विस्फोट हुँदै गएको थियो। गरिब, पिछडिएका र सिमान्तकृतको नजरमा यो समाज सुन्दर छैन। यो समाज समतामूलक छैन। हामीले शक्तिको रुपमा फलाक्दै आएको सामाजिक, सांस्कृतिक र भौगोलिक विविधताको बीचमा विभेदका अनगिन्ती ब्यथाहरु छन्। महावीरको उद्देश्य यति थियो कि हाम्रो समाजको विविधता समान धरातलमा उभियोस् वा उभ्याउनु पर्छ। असमान धरातलमा उभिएको विविधताले मानवता र स्वतन्त्रतालाई धज्जीमात्र उडाउँदैन। यसले देश विकासको गतिलाई सुस्त बनाउँछ। तसर्थ समाज अघि बढ्ने भनेको भौतिक विकास तथा आर्थिक समृद्धिमात्र हैन। समाजमा सबै समुदायलाई समान हैसियत कायम गर्नु पनि हो। 

समाज बदल्ने एउटा महान लक्ष्य र उद्देश्यमा हिँडेका महावीर सडक दुर्घटनामा परेर बिते। समाज समतामूलक नहुनुमा समाजका ठालु र राज्य व्यवस्था जति दोषी छ, सडक दुर्घटनामा पनि राज्य, सरकार र यो समाजका सुदखोरहरु जिम्मेवार छन्। हाम्रो सडक विभिन्न कारणले असुरक्षित छ। परिणाम- महावीर जस्तै सम्भावना बोकेका धेरै युवाहरु हरेक दिन ज्यान गुमाउन पुग्छन्। सार्वजनिक यातायातका अधिकांश चालक र सहचालकलाई यात्रुको संख्या र पैसामा मात्र ध्यान छ। यातायात कम्पनी खोलेर सिन्डिकेट खडा गरेका साहुलाई सुरक्षित यात्राको मतलब छैन। कम्पनी मार्फत प्राप्त मुनाफा अनि त्यस मार्फत गरिने राजनीति मात्र साहुलाई चिन्ताको विषय हो। सडक निर्माणको घोषणा गर्ने हतारिने सरकार यसलाई स्तरीय बनाउन र अनुगमन गर्नमा गम्भिर देखिँदैन। परिणाम त, सडक असुरक्षित भएका छन्। 

अन्त्यमा, सडक दुर्घटनामा परेर विचार मिल्ने र नमिल्ने दुवैसँग बिदा भएका मित्र महावीर विश्वकर्मालाई हार्दिक श्रदाञ्जली। तपाईंले उठाएका अवाज र मुद्दाहरु समाज परिवर्तनको लामो यात्रामा गुञ्जिरहनेछन्। अलविदा।

प्रकाशित: Nov 29, 2022| 10:34 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...