शुक्रबार, मंसिर २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने गरेका छन् केही पात्र र प्रवृतिका कारण।
 |  बिहीबार, चैत २३, २०७९
nespernesper

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बिहीबार, चैत २३, २०७९

ntc landingntc landing

७५ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारतले अहिले आफूलाई विश्‍व शक्तिको रुपमा स्थापित गर्दै समुद्रदेखि अन्तरिक्षसम्मको नेतृत्व गर्ने हैसियत निर्माण गरेको छ। उपनिवेशबाट मुक्त भएको साढे ७ दशक लामो यात्रामा भारतले छिमेकी नेपालको लोकतन्त्र, शान्ति, प्रगति र विकासमा ठूलो योगदान गरेको छ। नेपालले पनि भारतको विकासमा ठूलै योगदान गरेको छ। चाहे त्यो भारतको स्वतन्त्रता लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा। नेपालीले अभूतपूर्व बलिदान गरेका छन्। सदियौं पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरुको गम्भीरतालाई केन्द्रमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले 'भारत-नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको' बताएका थिए। 

himalayan bank box

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भनेका थिए, 'भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको छ। अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौं। नागरिक स्तरसम्मको सम्बन्ध भएको नेपाल-भारतको सम्बन्ध विश्‍वमै अनुपम उदाहरणको रुपमा विकास भइरहेको छ।' 

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने गरेका छन् केही पात्र र प्रवृतिका कारण।

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने गरेका छन् केही पात्र र प्रवृतिका कारण। तिनै पात्र र प्रवृत्तिका कारण कहिलेकाहीँ नेपालको आन्तरिक राजनीतिमा भारतीय हस्तक्षेप भएको भन्दै सत्ताबाहिर रहनेहरुले राजनीतिक रोटी सेक्न‍े गरेका उदाहरण पनि प्रशस्तै छन्। पछिल्लो एक दशकयताको सम्बन्ध हेर्ने हो भने पनि नेपाल-भारतबीच निकै तिक्तताको स्थिति सिर्जना भएका छन् र सँगसँगै हार्दिकतापूर्ण सम्बन्धका पनि कैयौं किस्साहरु छन्। 

भारतविरोधी राष्ट्रवादले 'फ्रिज' भएको नेपाल-भारत सम्बन्ध 
२०७२ मा भएको नाकाबन्दीका समयमा भारतको चर्को विरोध गरेर 'राष्ट्रवादी' नेता केपी शर्मा ओलीले सकारात्मक लाभ हात पारेसँगै भारत विरोधी राष्ट्रवाद भजाइरहेका छन्। २०७४ को निर्वाचनमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभावमा नेकपा माओवादीसँग गठबन्धन र पार्टी एकता गरेका नेकपा एमालेका अध्यक्ष ओलीले भारत विरोधी राष्ट्रवादकै कारण चुनावी नतिजा आफ्नो पोल्टामा पार्न सफल भएका थिए। सोही सफलताबाट हौसिएर तत्कालीन प्रधानमन्त्री ओलीले भारतविरुद्ध लगातार फायर खोलेका थिए। 

उनले तत्कालीन समयमा एकपछि अर्को गर्दै भारतमाथि दिएका आक्रामक अभिव्यक्तिले भारतसँगको सम्बन्ध संवादहिनताको अवस्थामात्र नभएर करिब 'फ्रोजन' कै तहमा पुगेको थियो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री मोदीले भेटसमेत दिएका थिएनन्। भारतले आफ्नो दाबी गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर प्रतिनिधिसभाबाट संविधान संशोधन गर्दै नयाँ नक्सा लागु भएपछि भारत सशंकित भएको थियो। भारतलाई विश्‍वासमा लिएर उक्त सम्बन्धलाई सुमधुर गराउनुको साटो तत्कालीन प्रधानमन्त्री ओलीले थप चिढ्याउने काम गरेका थिए। परिणाम- नेपाल-भारतबीच वक्तव्यबाजीको युद्ध नै चल्यो। 

vianet

नयाँ नक्सा संशोधन भएपछि ओलीले संसद्‌मा उभिएर भारतलाई धम्क्याउँदै भनेका थिए, 'भारतको एउटा प्रतीक चिह्न छ, भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चारमुखे सिंह। चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ। त्यसको मुनि सत्यमेव जयते लेखिएको हुन्छ। सत्यमेव जयते भारतको चिह्नमुनि छ, विश्वास चाहिँ म गर्छु। म सोध्‍नेवाला छु भारतलाई- सत्यमेव जयते कि सिंह जयते? सिंहमेव जयते कि सत्यमेव जयते?' 

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस नेपालमा पनि तीव्र बनेपछि भारतसँगको विश्‍वासको संकट सिर्जना गर्न भनेका थिए, 'अहिलेसम्म हेर्दा वुहानबाट सङ्क्रमित भएर आएको अलि नरम देखिएको थियो, इटालीबाट आएको पनि अलि नरमै देखिएको थियो, दुबईबाट आएको पनि अलिक नरमै देखिएको थियो तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ।' 

नेपालको दुर्गम क्षेत्रको सुविधाका लागि भारत सरकारद्वारा ८६२ एम्बुलेन्स र १६६ वटा स्कुल बस नेपाल सरकारलाई हस्तान्तरण गर्दा प्राप्त सुविधालाई नजरअन्दाज गरिन्छ। अनि एकाएक ओलीको एक अभिव्यक्तिले 'राष्ट्रवाद' जागृत हुँदै ओकलन्छिन् भारतविरुद्ध 'राष्ट्रवादका नाराहरु'।

पार्टीभित्र एकलौटी गर्दै अघि बढेपछि पार्टीकै नेताहरुले कमजोर बनेको समयमा पनि भारतमाथि आक्रमण गर्दै भनेका थिए, 'दिल्लीका सञ्चारमाध्यमहरूलाई सुन्नुस्- त्यसैले निर्देश गरिहाल्छ कि कहाँ-कहाँ के-के भइरहेको छ। यहाँका होटलमा भइरहेका गतिविधिहरू त्यसले पनि देखाउँछ। एम्बेसी [दूतावास] को सक्रियता त्यसले पनि बताइरहेको छ। मलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको छ।'

उनी भारतसँगको ऐतिहासिक जनस्तरको सम्बन्ध र विकास र समृद्धिको यात्रामा गरिएको सहकार्यलाई लत्याउँदै थप आक्रामक अभिव्यक्ति दिँदै भनेका थिए, 'राम जन्मभूमि अयोध्या नेपालमै पर्छ। हामी अहिले पनि ठानिरहेका छौं- हामीले भारतका राजकुमार रामलाई सीता दियौं। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौं। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन।'

आफूलाई राष्ट्रवादी भएको करार गर्दै चीनसँग नजिक भएको देखिन र सत्तामा टिकिरहनका लागि तत्कालीन प्रधानमन्त्री ओलीले बिनातथ्य आधारहीन अभिव्यक्ति दिएका थिए। उनका यी अभिव्यक्तिले द्विपक्षीय कूटनीतिक संवादको ढोका पूर्ण रुपमा बन्द भएको थियो भने जनस्तरमै नेपाल र भारतको सम्बन्ध बिग्रिएको स्थिति थियो। 
पछिल्लो समय पनि पुस १० गते अस्वाभाविक रुपमा बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनबाट बाहिरिनु परेपछि आफ्नो आक्रोश व्यक्त गरिहाले। उनले भनेका थिए, 'पुष्पकमल दाहाल प्रचण्डले भारतीयहरुको प्रभावमा चीनमाथि गद्दारी गरे।' मुस्ताङमा बौद्ध विश्‍वविद्यालय बनाउने प्रसंगलाई उल्लेख गर्दै चीनमाथि गद्दारी गरिएको र भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाए उनले। 

कुनै समय भारतबाट नै पालितपोषित भएको आरोप लाग्‍ने गरेका ओली पछि भने भारतविरोधी राष्ट्रवादको अस्त्र प्रयोग गर्दै सत्ताको सुखभोग गरेका हुन्। सदियौं पुरानो ऐतिहासिक सम्बन्धलाई सुधार्नुको साटो बिगार्दै र भत्काउँदै अघि बढेका ओलीका कारण उत्पन्‍न विश्‍वासको संकट कम गर्न पछिल्ला सरकारहरुले विभिन्‍न चरणमा विभिन्‍न कदम चालेका छन्। नाकाबन्दीको विरोध गर्ने नाममा भारतलाई तथानाम गरेका ओलीले त्यही भूकम्पको पुनर्निमार्णमा गरेको सहयोग बिर्सिए, कोरोना महामारीमा चीनले अघोषित नाकाबन्दी गर्दा भारतबाट निर्वाध आयात भएको पनि बिर्सिए। कोरोना महामारीका समयमा भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप पनि सम्झिन चाहेनन्। जनकपुर–जयनगर रेल, एकीकृत भन्सार चौकी, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, नेपाल–भारत विद्युत प्रसारण लाइन, अरुण तेस्रो परियोजना, ट्रमा सेन्टर, बिपी कोइराला चिकित्सा विज्ञान संस्थान, नेपाल–भारत पुस्तकालय, पशुपति धर्मशाला, जयनगर–कुर्था रेल आयोजनामा भारतले गरेको आर्थिक सहयोगमा पनि आँखा चिम्लिए।

भारतले विद्यालय तथा अस्पताल भवन, खानेपानी प्लान्ट, लघु ऊर्जा परियोजना, सडक खण्ड निर्माणसहितका सामुदायिक विकास परियोजनाअन्तर्गत नेपालमा अहिलेसम्म ४६४ पूर्वाधारहरूको निर्माण सम्पन्न भइसकेको छ भने ६८ वटा आयोजनाहरू निर्माणाधीन छन्। नेपालको दुर्गम क्षेत्रको सुविधाका लागि भारत सरकारद्वारा ८६२ एम्बुलेन्स र १६६ वटा स्कुल बस नेपाल सरकारलाई हस्तान्तरण गर्दा प्राप्त सुविधालाई नजरअन्दाज गरिन्छ। अनि एकाएक ओलीको एक अभिव्यक्तिले 'राष्ट्रवाद' जागृत हुँदै ओकलन्छिन् भारतविरुद्ध 'राष्ट्रवादका नाराहरु'।

अझै पनि एमाले अध्यक्ष ओलीले भने भारतसँगको सम्बन्धलाई आँखा चिम्लिने र विश्‍वासको संकट सिर्जना गर्दै समाधान गर्न बाँकी रहेका सीमाका मुद्दा, पूरा हुन बाँकी रहेका विकास आयोजनाहरु, हवाई रुटको विषय, बंगलादेशसम्म विद्युत व्यापार गर्ने विषयलाई अघि बढ्न नदिने प्रपञ्‍च गरिरहेको स्पष्ट हुन्छ। सन् २०२३ का लागि जी२० सदस्य राष्ट्रहरुको अध्यक्ष राष्ट्र भारतसँगको कूटनीतिक सम्बन्ध सुधारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निकै महत्वपूर्ण भूमिका रहेको छ। 

सुधारको बाटो
'विशेष सम्बन्ध' भएको दक्षिण छिमेकीसँग सम्बन्ध बिगारेको, चीनले सीमामा अघोषित नाकाबन्दीले आयात-निर्यात ठप्प भएको, पार्टीको आन्तरिक किचलोलाई देखाएर असंवैधानिक रुपमा संसद् विघटन गरेको अवस्थामा ओलीले भनेका थिए, 'म प्रधानमन्त्रीको कुर्सी छोड्दिनँ, छोड्नैपरे कुर्सी नै भाँचिदिन्छु।' भलै उनले आफू बसेको कुर्सी त भाँचेनन् तर छिमेकीसँगको सम्बन्ध भाँचे, जनताको विश्‍वास भाँचे, कूटनीतिक संयन्त्रका पखेंटाहरु काटिदिए र कूटनीतिमा एक किसिमको शून्यता सिर्जना गरेका थिए। 

जसका कारण कोरोना महामारीपछिको आर्थिक संकटलाई पुनरुत्थान गर्न र अन्य समस्याहरु समाधान गर्न तत्काल छिमेकीको सहयोग प्राप्त गर्ने सम्पूर्ण बाटाहरु बन्द गरिदिएका थिए। यद्यपि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक कौशलताको परिणाम विस्तारै अवस्थाहरुमा सुधार हुँदै गयो र कैयौं द्विपक्षीय भ्रमणपछि दुई देशबीच प्रधानमन्त्री तहमा नै भ्रमण आदानप्रदानको अवसर जुर्‍यो। त्यस समयमा ओलीले बिगारेको सम्बन्ध सुधार गर्न त्यति सहज नभएको टिप्पणीहरु हुने गरेका थिए। यद्यपि कम बोल्ने तर कामबाट प्रमाणित गर्ने स्वाभावका देउवाले अन्तत: भारतसँग सुमधुर सम्बन्ध स्थापित गरिछाडे। 

भारतसँग विश्‍वासको वातावरण सिर्जना भएपछि दिल्ली पुगेर मोदीकै मुखबाट भन्‍न लगाए, 'नेपाल-भारतका सीमा मुद्दाहरु द्विपक्षीय संवादका माध्यमबाट समाधान गर्न भारत तयार छ।' देउवाको परिपक्‍व कूटनीतिकै कारण ओली सत्ताले जटिल भनेका मुद्दा समाधानका लागि सहज मार्ग तयार भएको थियो। 

प्रचण्डको कार्यभार 
अमेरिका, बेलायत, रुस, चीन, फ्रान्स र जापानजस्ता शक्ति राष्ट्रहरुलाई भारत बोलाएर खुला चुनौती दिँदै वैश्विक सुशासन असफल भएको बताइरहेका मोदीले नेपाललाई दिएको महत्वलाई नजरअन्दाज गर्ने हो भने नेपाल अझै धेरै पछि पर्ने निश्‍चित छ। मार्च पहिलो साता जी२० राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए, 'विगत केही वर्षको अनुभव वित्तीय संकट, जलवायु परिवर्तन, महामारी, आतंकवाद र युद्ध स्पष्ट रूपमा देखाउँछ कि विश्वव्यापी शासन असफल भएको छ।' 

पछिल्लो समय भारतको 'जेस्चर'लाई ध्यान दिएर हेर्न र उसका गतिविधिबाट सिक्न आवश्यक छ। पुस १० को गठबन्धन भत्काएर नयाँ गठबन्धनलाई अघि बढाउन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताइरहेका छन्। त्यसअघि उनले भारतसँगको व्यवहार र आफ्नो सम्बन्धमा विश्‍वास कायम गर्न आवश्यक छ। 

विगतमा राजनीतिक अस्थिरताले अन्य पक्ष ओझेलमा पर्ने गरेको भए पनि राजनीतिक स्थिरताको ट्याग भिराएको पछिल्लो दशकमा पनि कूटनीतिक तथा राजनीतिक अवरोध देखिनु राम्रो संकेत पक्कै होइन। त्यसकारण लामो समयदेखि साझा सपना र सफलताको आकांक्षासहित अस्तित्वमा रहेको नेपाल-भारत सम्बन्ध सौहार्द्रपूर्ण गतिमा अघि बढाउन दुवै राष्ट्रका प्रमुख, राजनीतिक दल र तिनका नेतृत्वहरु गम्भीर बन्‍न आवश्यक छ।

बहुपक्षीयता र छिमेकी राष्ट्रहरूसँग सहकार्यको आवश्यकतामा जोड दिँदै आएको भारतले दक्षिण एसिया क्षेत्रमा शान्ति र मानवताको हितमा सर्वपक्षीय सहयोगको आशा गरेको छ। विगतमा राजनीतिक अस्थिरताले अन्य पक्ष ओझेलमा पर्ने गरेको भए पनि राजनीतिक स्थिरताको ट्याग भिराएको पछिल्लो दशकमा पनि कूटनीतिक तथा राजनीतिक अवरोध देखिनु राम्रो संकेत पक्कै होइन। त्यसकारण लामो समयदेखि साझा सपना र सफलताको आकांक्षासहित अस्तित्वमा रहेको नेपाल-भारत सम्बन्ध सौहार्द्रपूर्ण गतिमा अघि बढाउन दुवै राष्ट्रका प्रमुख, राजनीतिक दल र तिनका नेतृत्वहरु गम्भीर बन्‍न आवश्यक छ। नेपाल–भारतबीचको 'विशेष सम्बन्ध' नेपालको स्थिरता तथा समृद्धिको महत्वपूर्ण आधार भएको कुरालाई ध्यानमा राख्दै अहिलेको सत्ताले पनि सोहीअनुकूल व्यवहार गर्न आवश्यक छ। नेपाल-भारतले सहकार्य बढाउन र जनस्तर तथा राजनीतिक तहमा खराब सम्बन्ध आउन नदिन ध्यान दिनुपर्छ। 

भारतले पनि नेपाललाई प्रजातन्त्रको लडाइँको प्रारम्भिक चरणमा हेर्ने चश्‍माबाट अहिलेका गतिविधिहरु नियाल्न छोड्‍नुपर्छ। भारतमा रहेका केही कूटनीतिज्ञहरुले नेपाललाई अहिले पनि औपनिवेशिक चश्‍माबाट हेर्ने गरेका छन्। महाकाली र मेचीमा धेरै पानी बगिसकेका कारण अब तिनले लेन्स फेर्न जरुरी छ। यसलाई बुझाउँदै नेपाल दुई ठूला राज्यहरू बीचको स्यान्डविच मात्र रहेन भनेर प्रमाणित गर्नका लागि पनि अहिलेको सरकारले सुधार हुँदै गएको सम्बन्धको सदुपयोग गर्नुपर्छ। राष्ट्रिय हितलाई उत्कृष्ट ढंगले रक्षा गर्न सक्ने बृहत् राष्ट्रिय सहमतिसहितको सही परराष्ट्र नीति बनाएर कार्यान्वयन गर्दै  स्वतन्त्र राष्ट्रका रूपमा सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ।  

खुला सिमानाका कारण हुने विभिन्‍न घटनाहरु नियन्त्रण र न्यूनीकरण गर्ने, सीमा अतिक्रमणका मुद्दा, अग्‍निपथ परियोजना, विगतका असमान सन्धीको पुनरावलोकनसहित अन्य विभिन्‍न विकास आयोजनाहरुको पूर्णता र नयाँ परियोजनाको निर्माणजस्ता नेपाल र नेपालीको प्रत्यक्ष जीवनशैलीदेखि दीर्घकालीन विकाससँग जोडिएका विषयलाई अघि बढाउन सोही अनुसार व्यवहार गर्नु अहिलेको सरकारको मुख्य कार्यभार देखिएको छ।

प्रकाशित: Apr 06, 2023| 17:23 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...