बिहीबार, भदौ १८, २०८३

एनपीएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित

 |  मंगलबार, मंसिर १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०८२

काठमाडौं । कर्णाली याक्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ।

आज पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो। कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ। पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ।

जितका लागि पाएको २०२ रनको बिशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो। उसका मार्क वाटले सर्वाधिक ५९ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन। 

पोखराका रिसी धवनले सर्वाधिक ३ विकेट झारे। यसअघि  त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनायो।

यो जारी सिजनको दोस्रो उच्च स्कोर पनि हो। यसअघि विराटनगर किङ्ग्सले पोखराविरूद्ध नै २२० रन हिर्काएको थियो। जुन एनपीएल इतिहासमै उच्च हो। पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे। 

यस्तै जेशन रोयले ४६, धनन्जय लक्षनले अविजित २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे। कर्णालीका  नन्दन यादव र मार्क वाटले १/१ विकेट लिए।

प्रकाशित: Dec 02, 2025| 20:13 मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्