शुक्रबार, जेठ २९, २०८३

भारतमा बेचिँदै थप २२ मेगावाट बिजुली

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि १४ कात्तिकमा अनुमति पाएको हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीबाट उत्पादित थप २२ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ।प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको बताएका हुन्।

National life

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि १४ कात्तिकमा अनुमति पाएको हो। चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले बताए। गत २५ असोजसम्म भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको प्राधिकरणले बताएको थियो।

त्यसपछिको विवरण आउने क्रममा छ। विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव यसअघि नै गरेको थियो।  

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखुखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–१, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित १०० मेगावाट क्षमताको विद्युत् निर्यात प्रस्ताव गरिएको थियो। 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। 

Shivam cement

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख खुद आम्दानी भएको थियो। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा छ।–रासस

प्रकाशित: Nov 04, 2022| 13:39 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्