आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पाल्पा २ मा पाण्डेलाई गठबन्धनको भर, १ मा एमालेका आचार्य र कांग्रेसका गाहामध्ये को बलियो?

क्षेत्र नम्बर २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डे विजयी भएका थिए। पाण्डे त्यतिवेला एमालेमै थिए। वि.सं. २०६४ मा नेकपा माओवादीकी लीला सोमैसँग उनी पराजित भएका थिए।
 |  बिहीबार, कात्तिक १७, २०७९
nespernesper

रासस

रासस

बिहीबार, कात्तिक १७, २०७९

पाल्पा- सोमप्रसाद पाण्डे छैटौँ पटक चुनावी मैदानमा छन्। उनी २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन्। यसपाली उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन्।

triton college

‘सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ’, पाल्पा क्षेत्र नम्बर २ मा पाँच दलिय सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रहेका पाण्डेले भने, ‘यो क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो।’

विगतमा व्यवस्था परिवर्तनका लागि लडेको उल्लेख गर्दै उनले यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने उल्लेख गरे। पाल्पाको क्षेत्र नम्बर १ मा २०५१ सालदेखि नै एमालेका उम्मेदवार विजयी हुँदै आएका छन्। क्षेत्र नम्बर २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डे विजयी भएका थिए। पाण्डे त्यतिवेला एमालेमै थिए। वि.सं. २०६४ मा नेकपा माओवादीकी लीला सोमैसँग उनी पराजित भएका थिए। 

यस्तै पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले) का ठाकुर गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएका उनले पनि चुनावी प्रतिबद्धतामा सिद्धबाबाको बाटो निर्माणलाई उल्लेख गरेका छन्। 

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाण्डे र गैरले घरदैलो अभियानलाई तीव्र पारेका छन्। पाल्पाको विकासको खाका लिएर आएको भन्दै दुवैजनाले मतदाता रिझाउन थालेका छन्। प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

Metro Mart
vianet

यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा पाण्डे र गैरेकै बीच हुने देखिन्छ। सदरमुकाम तानसेन नगरपालिकासहित बगनासकाली, रिब्दीकोट, रैनादेवी र तिनाउ गाउँपालिका यो निर्वाचन क्षेत्रभित्र पर्दछन्।

क्षेत्र नम्बर १ मा भने यस पटक एमालेबाट नारायणप्रसाद आचार्य र नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। दुवैको चुनावी एजेण्डा ‘विद्युतीकरण’ रहेको छ। निस्दी गाउँपालिकाका तीन वडामा अहिले पनि विद्युत् पुगेको छैन। यहाँका नागरिक टुकीमाथि निर्भर छन्। 

एमाले उम्मेदवार आचार्य  भन्छन्, ‘हाम्रै पहलमा विद्युत् विस्तार गरेका हौँ।’ सबै क्षेत्रमा विद्युत् विस्तार गरी उज्यालो निस्दी बनाउने योजना रहेको उनको भनाइ छ। 

यहाँका वडामा सामुदायिक विद्युतीकरणमार्फत बिजुली बाल्न सुरु गरिए पनि सर्वसुलभ र सहज नभएको कांग्रेस उम्मेदवार गाहाको भनाइ छ। ‘राष्ट्रिय प्रसारण लाइनमा जोडेर जनतालाई सहज विद्युत् आपूर्ति गराउने योजना छ’, उनी भन्छन्, ‘विकास र समृद्धिको खाका लिएर चुनावी मैदानमा होमिएको छु।’ रामपुर नगरपालिकासहित रम्भा, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिका क्षेत्र नं १ मा पर्दछन्। 

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी परेको छ। प्रदेशसभाको चार क्षेत्रमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभा क्षेत्र १ मा राजनीतिक दल र स्वतन्त्र गरी १० तथा २ मा १४ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ दल र चार स्वतन्त्रका साथै क्षेत्र नं २ मा ११ दल र तीन स्वतन्त्रले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं १ प्रदेशसभा (क) र  (ख) मा पाँच/पाँच जनाले तथा क्षेत्र नं २ प्रदेशसभा (क) मा सात र (ख) मा पाँच जना उम्मेदवार छन्। 

पाल्पाको दुवै निर्वाचन क्षेत्रमा गरी सात स्वतन्त्र उम्मेदवार छन्। ‘लामो समयदेखि दलहरुले नेतृत्व गरेर पनि पाल्पाको विकास भएन’, क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार रहेका उपेन गैरे भन्छन्, ‘विकास नहुनुको मुख्य कारण भ्रष्टाचार हो।’

प्रकाशित: Nov 03, 2022| 09:47 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...