आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भूभाग भन्दै भारत र चीनलाई गरायो ध्यानाकर्षण

परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भूभाग भन्दै भारत र चीनलाई गरायो ध्यानाकर्षण

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

काठमाडौं । नेपाल सरकारले लिपुलेक नेपालको अभिन्न भूभाग भएको भन्दै भारत र चीनको ध्यानाकर्षण गराएको छ। परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ भन्दै तीन बुँदामा समेटेको छ। 

Kumaribank

जसमा पहिलो बुँदामा भनिएको छ, ‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ।’

त्यस्तै दोस्रो बुँदामा भनिएको छ, 'नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ। उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाईसमेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ।'

साथै अन्तिम बुँदामा परराष्ट्र मन्त्रालयले भनेको छ,  'नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ।’

प्रकाशित: Aug 20, 2025| 21:31 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्