शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा संस्थान एक वर्षभित्र पब्लिकमा परिणत नभए स्वतः खारेज

बिमा संस्थान एक वर्षभित्र पब्लिकमा परिणत नभए स्वतः खारेज

राष्ट्रिय बिमा संस्थानलाई एक वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन अनिवार्य गरिएको छ।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- राष्ट्रिय बिमा संस्थानलाई एक वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन अनिवार्य गरिएको छ। कार्यान्वयनमा आउन केही दिन मात्रै बाँकी रहेको बिमा ऐन,२०७९मा संस्थानलाई कम्पनीमा परिणत हुन १ वर्षको समयावधि तोकिएको छ। बिमा ऐन यही कार्तिक २२ गते देखि कार्यान्वयन आउँदै छ। 

National life

हाल संस्थान राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ बमोजिम सञ्चालन हुँदै आएको छ। बिमा ऐन, २०७९ ले राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ खारेज गरेको छ। साथै ऐनको दफा १७२ मा ‘राष्ट्रिय बिमा संस्थान एक वर्षभित्र एक पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिनेछ’ उल्लेख छ।

संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत भएपश्चात् संस्थानका कर्मचारीहरू कम्पनीमा स्वतः परिणत हुनेछन्। संस्थानमा कायम रहेको चल अचल सम्पत्ति र दायित्व स्वतः कम्पनीको चल अचल सम्पत्ति र दायित्वको रूपमा परिणत हुनेछ।

संस्थानबाट जारी भएका बिमालेख कम्पनीबाट जारी भएको बिमालेख मानिने व्यवस्था ऐनले गरेको छ। यदि उपलब्ध समयमा संस्थान कम्पनीमा परिणत हुन नसकेमा भने स्वतः खारेज हुने छ। 

संस्थानको हालको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ। बिमा समितिले जीवन बिमा कम्पनीहरूलाई चैतभित्र ५ अर्ब रुपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको छ। संस्थानले ५ अर्ब पुर्‍याउन हालको पुँजीमा ४ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ रकम थप गर्नुपर्छ। 

Shivam cement

कम्पनीमा रूपान्तरण भएपश्चात् संस्थानलाई सर्वसाधारणका लागि आइपिओ जारी गर्न बाटो पनि खुल्ने छ। संस्थानले लगानी विविधीकरण गर्ने र आइपीओमार्फत चुक्ता पुँजी बढाउन सक्छ। संस्थानले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनसर्वसाधारणका लागि ३० प्रतिशत आइपीओ जारी गर्ने योजना बनाएको थियो। संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको अनुपात ३० प्रतिशत नै राख्ने वा सो अनुपातलाई फेरबदल गरी ५१:४९ हुन सक्ने योजना समेत संस्थानको छ।

महालेखापरीक्षकको ५९औं प्रतिवेदनअनुसार संस्थानले विगत ९ वर्षदेखि लेखापरीक्षण गरेको छैन। संस्थानमा सरकारको २७.७८ प्रतिशत, राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत स्वामित्व छ।

प्रकाशित: Oct 28, 2022| 14:30 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्