सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनस्वास्थ्यमा असर गर्ने सिसा मिसाउँदै पेन्टस उद्योग

जनस्वास्थ्यमा असर गर्ने सिसा मिसाउँदै पेन्टस उद्योग

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, (सिफेड) काठमाडौँले मधेश प्रदेश अन्तर्गतको वीरगञ्ज औद्योगिक करिडरमा हालै सम्पन्न गरेको एक सर्वेक्षणमा उक्त तथ्य पत्ता लगाएको हो।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं-  वीरगञ्जका ‘पेन्ट्स’ उद्योगमा मापदण्ड विपरीत बढी लेड (सिसाको कण) प्रयोग भएको पाइएको छ। 

National life

जनस्वास्थ्य तथा वातावरण केन्द्र (सिफेड)ले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा र सूचना तथा सञ्चार केन्द्रको सहयोग तथा सूर्योदय युवा क्लबको सहकार्यमा यहाँ सुरु गरिएको गोष्ठीका क्रममा गरिएको परीक्षणमा वीरगञ्जमा विभिन्न रङ उद्योगमा मापदण्ड विपरीत बढी (लेड) रसायनको प्रयोग भएको पाइएको हो। 

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, (सिफेड) काठमाडौँले मधेश प्रदेश अन्तर्गतको वीरगञ्ज औद्योगिक करिडरमा हालै सम्पन्न गरेको एक सर्वेक्षणमा उक्त तथ्य पत्ता लगाएको हो। 

उद्योग विभागका अनुसार एक सय ३० वटा पेन्ट्स उद्योग दर्ता भएकोमा करिब ४० वटा उद्योगको उत्पादन मात्रै बजारमा भेटिएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौँका कार्यकारी निर्देशक एवम् वातावरण बैजानिक राम चरित्र साहले जानकारी दिए। मधेश प्रदे्रश अन्तर्गत बारा र पर्सामा सञ्चालित औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट लिइएका १४ वटा नमूनामध्ये १२ वटा नमूनामा अत्यधिक लेड प्रयोग भएको पाइएको साहको भनाइ छ। 

पेन्ट्समा अत्यधिक लेड प्रयोग गरिएका कारण उक्त क्षेत्र आसपासमा रहेका ५० जना बालबालिकामा गरिएको परीक्षणमा लेड (सिसाको कण) पाइएको साहको भनाइ छ। 

विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यमा असर पार्ने १० वटा रसायनमध्ये सिसाको कणलाई एक प्रमुख रसायनको रुपमा पहिचान गरेको छ। यसको सम्पर्कबाट विश्वमा वर्षेनी दश लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। 

वीरगञ्जका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर शैलेश ठाकुरले पेन्ट्स, चकलेट लगायत अन्य सामग्रीमा पाइने सिसायुतm कणका कारण मानिस र खासगरी गर्भवती र बालबालिकाको कलेजो, र मृगौलामा असर पार्ने गरेको बताउए। 

बालबालिकाको शरीर कमजोर हुने भएकाले सिसाको कण शरीरमा प्रवेश गरेपछि दीर्घकालीन रोग निम्त्याउने भएकाले यसको नियन्त्रण हुन आवश्यक भएको साहको भनाइ छ। 

सरकारले २०७१ साल पुस ७ गते प्राणघातक रसायन लेड (सिसायुक्त) सम्बन्धी मापदण्ड बनाई राजपत्रमा प्रकाशित गरेको थियो। तर, उक्त मापदण्ड सार्वजनिक भएको यतिका समय बित्दा पनि बिक्री वितरणमा रहेका इनामेल र पेन्ट्समा मापदण्ड विपरीत बढी रसायन पाइएको छ। 

यसको न्यूनिकरणका लागि ऐन, कानून, नीति, नियमावली र निर्देशिकाहरुमा लेड पेन्टसम्बन्धी मापदण्डको उचित समायोजन गर्ने/गराउनुका साथै पेन्टमा तोकिएको लेडको मापदण्डअनुसार लेडको अधिकतम मात्रा ९० पिपिएम हुनुपर्ने, बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी साबधानीमूलक सन्देश अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधानहरुको पूर्ण परिपालनामा जोड दिनुपर्ने जानकारहरुको भनाइ छ। रासस

प्रकाशित: Oct 26, 2022| 17:50 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।