काठमाडौं– निर्वाचन आयोगले सार्वजनिक आवागमनमा अवरोध हुने गरी चुनावी प्रचार नगर्न राजनीतिक दल र तिनका उम्मेदवारलाई आग्रह गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार–प्रसारका क्रममा पालना गर्नुपर्ने आचारसंहिता स्मरण गराउँदै आयोगले आउजाउमा अवरोध नगर्न आग्रह गरेको हो।
‘सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचार–प्रसार गर्न-गराउन नहुने’ आयोगले सामाजिक सञ्जालमार्फत भनेको छ।
प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसार गर्न/नगराउन आयोगले आग्रह गरेको छ।