आइतबार, साउन १०, २०८३

डोजरको ठक्करबाट एक जनाको मृत्यु

दैलेखमा डोजरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति भैरवी गाउँपालिका-४ मा डोजरको ठक्करबाट पैदल यात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

सुर्खेत- दैलेखमा डोजरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति भैरवी गाउँपालिका-४ मा डोजरको ठक्करबाट पैदल यात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा भैरवी गाउँपालिका-३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको मृत्यु भएको हो। ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो।  

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार उक्त पालिकामै पर्ने सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे१क १६४२ नम्बरको डोजरले खातुनलाई ठक्कर दिएको हो। डोजर चालक प्रविणकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Oct 26, 2022| 10:00 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।