काठमाडौं- उदयपुरमा भीरबाट मोटरसाइकल खस्दा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।
कटहरी नगरपालिका ११ हर्देनीस्थित सिद्धिचरण सडक खण्डमा कटारीबाट हर्देनीतर्फ जाँदै गरेको लु ८८ प १८५६ नम्बरको मोटरसाइकल मंगलबार साँझ भीरबाट ५ सय मिटर तल खसेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भीरबाट मोटरसाइकल खस्दा मोटरसाइकल चालक २४ वर्षका यम्बरबहादुर श्रेष्ठ ५ सय मिटर तल मृत अवस्थामा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए।
उक्त मोटरसाइकलको पछाडि बसेकी २१ वर्षीया इन्दिरा कार्की सडकबाट ५ मिटर तल रुखमा अल्झिई गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।