मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालेनले भने- दु:ख लाग्छ, आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो

बालेनले भने- दु:ख लाग्छ, आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन्।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन्।

National life

मंगलबार कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्ने क्रममा भट्ट्याउँदै साहले साथीकै रेष्टुरेण्ट भत्काउनु परेकोमा दु:ख लागेको बताएका हुन्। 

पत्रकार शिव दाहालले ट्वीटमा राखेको भिडिओमा उनले ‘आहा कलिलो तामालाई सोध रामालाई...’ भाकामा गीत गाएका छन्। साहले गाएका छन्,

‘कति राम्रो राम्रो गीत यहाँ गाइयो, 

दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो।’

अर्को प्रसंगमा उनले भनेका छन्, ‘...अरु वेला साथी नै हो, केको मेयर!’ 

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा निर्वाचित भएर आएपछि बालेनले महानगरपालिकाका अवैध संरचना भत्काउने कार्यलाई निरन्तरता दिएका छन्।

प्रकाशित: Oct 26, 2022| 09:15 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।