आइतबार, साउन १०, २०८३

डेंगीका कारण पत्रकार टेकको निधन

पत्रकार टेक मास्कीको डेंगीका कारण निधन भएको छ। बुटवलका पत्रकार टेक मास्की राना दुई साताअघि डेंगी भएसँगै अस्पताल भर्ना भएका थिए।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं- पत्रकार टेक मास्कीको डेंगीका कारण निधन भएको छ। बुटवलका पत्रकार टेक मास्की राना दुई साताअघि डेंगी भएसँगै अस्पताल भर्ना भएका थिए।

४८ वर्षका रानाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो। स्याङ्जाका रानालाई डेंगी सँगसँगै मिर्गौलामा पनि समस्या देखिएको थियो। 

बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका रानाका तीन सन्तान छन्। उनले केही महिनाअघि क्यान्सरका कारण श्रीमती पनि गुमाएका थिए।

प्रकाशित: Oct 26, 2022| 08:45 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।