शनिबार, असार ६, २०८३

नेताविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति दिए एक लाख जरिबाना र पाँच वर्ष कैद

निर्वाचन आयोगले दलका नेताहरूविरुद्ध ‘लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री’ प्रकाशन गर्ने झुटो फेसबुक पेज एवं ग्रुपहरू हटाउन निर्देशन दिएको छ।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं- निर्वाचन आयोगले दलका नेताहरूविरुद्ध ‘लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री’ प्रकाशन गर्ने झुटो फेसबुक पेज एवं ग्रुपहरू हटाउन निर्देशन दिएको छ। 

National life

अन्यथा कानुनबमोजिम एक लाख रुपैयाँ जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने चेतावनी दिएको छ। 

नेताविरुद्ध भ्रामक सामग्री फैलाएको गम्भीर ध्यानाकर्षण भएको भन्दै 'नो, नट अगेन' लगायत फेसबुक पेजहरूलाई यस्तो चेतावनी दिएको हो। 

यस्ता कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकुल रहेको आयोगले जनाएको छ। 

'उल्लेखित कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुटा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ,' आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Shivam cement


प्रकाशित: Oct 26, 2022| 07:37 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...