मंगलबार, वैशाख २९, २०८३

बाजी जितेर वनभोज गएका एक जनाको मृत्यु, एक बेपत्ता

भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन्। नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए। खड्का र शाही डुबेपछि उनीहरूलाई बचाउन गएका केसी बगेर बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

जाजरकोट- भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्। 

National life

वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए।

भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन्। नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए। खड्का र शाही डुबेपछि उनीहरूलाई बचाउन गएका केसी बगेर बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तिहारको अवसरमा केही दिनअघि सदरमुकाम खलङ्गामा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले भेरी नगरपालिका–११ मटेलास्थित भेरी किनारमा वनभोज आयोजना गरेका थिए।  

प्रकाशित: Oct 25, 2022| 21:35 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।