शनिबार, असार ६, २०८३

शीर्ष नेताविरुद्ध 'नो नट अगेन'को प्रचार गरे लाख जरिवाना र ५ वर्ष कैदको चेतावनी

मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले त्यस्तो प्रचार गर्नेलाई १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने चेतावनी दिएको हो।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९
National life
Shivam cement

काठमाडौं- शीर्ष नेताको फोटो राखेर ‘नो भोट अगेन’को प्रचार गरे ५ वर्षसम्म कैद गर्न सकिने भन्दै निर्वाचन आयोगले चेतावनी दिएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले त्यस्तो प्रचार गर्नेलाई १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने चेतावनी दिएको हो। 

‘निर्वाचनको लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा  'नो, नट अगेन'का फेसबुक पेज/ग्रुपहरूबाटउम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले चेतावनी दिएको छ, 'उल्लेखित कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज /ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ।'

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सोही दलका नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा बाबुराम भट्टराईको फोटो राखेर पुन: जिताउन नहुने भन्दै सामाजिक सञ्जालमा 'नो नट अगेन' अभियान चलाइँदै आएको छ। 

प्रकाशित: Oct 25, 2022| 21:05 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...