आइतबार, साउन १०, २०८३

सुरु भयो सूर्य ग्रहण, कुन-कुन राशीले हेर्न मिल्छ?

कात्तिक कृष्ण औँसीका दिन मंगलबार खण्डग्रास सूर्यग्रहण लागेको छ। ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा सुरु भएको हो। यो ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन्।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं- कात्तिक कृष्ण औँसीका दिन मंगलबार खण्डग्रास सूर्यग्रहण लागेको छ। ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा सुरु भएको हो। यो ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन्। 

खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताए। 

उनले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताए। ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने हुन्छ। 

ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो रहेको बताए। वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ति हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उनले उल्लेख गरे। 

खगोलविद् डा. आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुने बताए।

‘सूर्य ग्रहण साँझ ४: ५३ मा शुरु भएको छ भने ५ : २६ बजे समाप्त हुँदैछ। यो पूर्वबाट भन्दा पश्चिममा धेरै देखिन्छ। यो धेरै युरोपबाट राम्रोसँग देखिन्छ। यो ३३ मिनेटसम्मको छोटो समयको लागि छ। ग्रस्तास्त सूर्यग्रहण भन्ने गरिन्छ। यो ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो छ।'

तुला राशिको लागि घात भनेको मृत्यु नै हुनसक्ने उनले बताए।

'यो ग्रहण तुला राशिमा लाग्ने भएकाले तुला राशिका मानिसलाई हेर्नै हुँदैन। वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुन्छ भनिएको छ', उनले भने, 'त्यस्तै वृष राशिका मानिसले हेर्दा सुख, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुनेछ। खगोल शास्त्रको अध्ययन नेपालमा एकेडेमिकस्तरमा पुगिसकेको छैन। जनमानसमा सुसूचित गर्ने काम भइरहेको छ। अहिले टेलिस्कोप धेरै भित्रिँदै छन्। अब खगोल विज्ञानको अध्ययन गर्न चाहिने टेलिस्कोप नै हो। त्यसैले बिस्तारै भित्रिँदै गरेकाले अन्तर्राष्ट्रिय स्तरमा पनि यसको अध्ययन बढ्दै जानेछ।’


प्रकाशित: Oct 25, 2022| 16:55 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।