आइतबार, साउन १०, २०८३

तिहार बिदामा महानगरका अत्यावश्यक काम नियमित

महानगरले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श सेवा तिहार बिदामा पनि नियमित सञ्चालन गरिने बताएको हो।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं– काठमाडौं महानगरले तिहार बिदामा पनि अत्यावश्यक कामलाई नियमित सञ्चालन गरिने बताएको छ। महानगरले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श सेवा तिहार बिदामा पनि नियमित सञ्चालन गरिने बताएको हो।

आइतबार बसेको विभागीय प्रमुखको बैठकले अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए।

उनका अनुसार भाइटीकाका दिन सर्वसाधारणका लागि रानीपोखरी खुला रहनेछ। पर्व बिदाको समय कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवाका काम रोक्न नमिल्ने उनको भनाइ छ।

प्रकाशित: Oct 25, 2022| 14:56 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।