मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • घर फर्किँदै यान्छी, भनिन्- नेपालबाट अनुभव र माया बोकेर जाँदैछु

घर फर्किँदै यान्छी, भनिन्- नेपालबाट अनुभव र माया बोकेर जाँदैछु

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछिन्।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछिन्। 

राजदूत यान्छीले सामाजिक सञ्जाल ट्विटरमा मंगलबार एक सन्देश छाड्दै आफूले थपिएको एक वर्षे कार्यकाल पूरा गरी छिमेकी देश (नेपाल) बाट बिदा हुन लागेको जानकारी दिएकी हुन्। 

उनले उक्त सन्देशमा नेपालमा रहँदा पाएको माया र सद्भा‍वका लागि नेपालीलाई धन्यवाद दिएकी छन्। यान्छीले सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको बताउँदै यहाँको अनुभव र माया बोकेर जान लागेको उल्लेख गरेकी छन्। 

चीन सरकारले यान्छीलाई नेपालको कार्यकाल पूरा गरेपछि बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ। यान्छी फर्किएपछि नेपालका लागि नयाँ राजदूतबारे चीनले केही टुंगो गरिसकेको छैन। यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि राजदूत भएर आएकी थिइन्। 

उनले चीन फर्किनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासहितलाई बिदाइ भेट गरेकी छन्। 

kumari

राजदूत यान्छीले नेपालका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीचको एकताका साथै पार्टीभित्र विवाद आएपछि मिलाउनका लागि ठूलो मिहनेत गरे पनि सफल हुन सकिनन्। चीनले नेपाललाई सुहाउँदो र आर्थिक विकास हुने व्यवस्थालाई अघि बढाउन पनि बुझाव दिइरहेको छ। अमेरिकाले सन् २०१९ मा अघि ल्याएको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) रिपोर्टपछि चीनले नेपालमा अझ बढी चासो दिन थालेको छ। 

यान्छी आएपछि चीनले नेपालमा हुने हरेक गतिविधिमा चासो बढाएको हो। चीनले पछिल्लो समय बीआरआई कसरी अघि बढाउने भन्ने गृहकार्य गरिरहेको छ। यसैबीचमा ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) अघि बढाएको छ। 

प्रकाशित: Oct 25, 2022| 14:27 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।