मंगलबार, वैशाख २९, २०८३

रामेछापमा बसको ठक्करबाट महिलाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन्।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

National life

रामेछाप- रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन्। 

मन्थलीबाट देउराली तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ख २२९५ नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।  सोही बसमा सवार परियारलाई फुलासी पोखरीमा ओर्लने क्रममा बसको चक्काले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। 

बस चालक र बसलाई नियन्त्रणमा लिएर प्रहरी चौकी फुलासीमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रकाशित: Oct 25, 2022| 13:48 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।