दार्चुला- मंगलबार बिहान ब्यास गाउँपालिका-५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा ब्यास गाउँपालिका-४ का अन्दाजी ४० वर्षीय देवानसिंह बिष्टका घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ब्यास गाउँपालिका-४ डोकटबाट सदरमुकाम आइरहेको सु प प्र ०२००१० च १४४७ नम्बरको ट्याक्टर दार्चुला-तिंकर सडकको धौलाकोटमा सडकबाट ५० मिटर तल खसेको थियो।