मंगलबार, वैशाख २९, २०८३

ललितपुर महानगरले दियो फुटपाथमा पसल राख्न अनुमति

तिहारको समय स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ताचप्पललगायत सामग्री बेच्न महानगरले तिहारभरिका लागि फुटपाथ प्रयोग गर्न दिने भएको हो।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं– ललितपुर महानगरपालिकाले तिहारलाई लक्षित गरी फुटपाथमा पसल राख्न दिएको छ। यसअघि पैदल यात्रुलाई असर परेको बताएर सडक किनारामा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गरी पसल राख्न दिएको हो।

National life

स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ता चप्पललगायत तिहार लक्षित सामग्री राखेर पुटपाथमा तिहारभरि पसल राख्न दिइने महानगरले निर्णय गरेको हो।

‘हामीले तिहारको समय व्यवस्थित गरेर लगनखेल, मंगलबजार क्षेत्रमा पसल राख्न दिने निर्णय गरेका हौं,’ मेयर चिरीबाबु महर्जनले भने, ‘तिहारपछि हामी फेरि खाली गर्नेछौं।’

पैदल यात्रुलाई लक्षित गरी छुट्याइएको फुटपाथमा पसल राख्दा आउजाउ असहज  भए पनि तिहारको समय गाडी कम चल्ने भएकाले यस्तो निर्णय गरिएको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताए।

‘तिहारभरि सर्वसाधारणले फुटपाथबाट सहज र सुलभ मूल्यमा अत्यावश्यक सामग्री किनमेल गर्न सकून् भनेर फुटपाथ खुलाएका हौं,’ उनले भने, ‘मंगलबजारदेखि लगनखेलसम्म बिहान ८ देखि साँझ ८ बजेसम्म चारपांग्रे निषेध गरेर व्यवस्थित रूपमा पसल राख्न दिने निर्णय भएको छ।’

प्रकाशित: Oct 25, 2022| 11:14 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।