तनहुँ- तनहुँको सदरमुकाम दमौलीको सफा सडकस्थित न्यागिना कस्मेटिक पसलमा सोमबार राति ९ बजे आगलागी हुँदा लाखौँको क्षति भएको छ। विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
आगलागीबाट ७० देखि ८० लाख रुपियाँ क्षति भएको पसलकी सञ्चालिका मनीषा कुमालले बताइन्।
आगलागी हुनासाथ व्यास नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन सकिएकोले थप क्षति हुनबाट जोगिएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।