मंगलबार, वैशाख २९, २०८३

घरको स्ल्यापबाट लडेर वीरगञ्जमा किशोरको मृत्यु

पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

National life

वीरगञ्ज- पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ। बिन्दबासिनी गाउँपालिका ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो।

सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए। त्यसक्रममा निर्माणाधीन उक तले  घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए।  जडान नभएको स्ल्याप अचानक खुस्किन गई  जमिनमा लडेर गम्भिर घाइते भएका थिए।

प्रहरीले  उद्धार गरी उपचारार्थ बाराको प्रसौनीस्थित एलएसन्युरो अस्पताल पुर्‍याएको थियो। अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

प्रकाशित: Oct 25, 2022| 09:54 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।