आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लक्ष्मीपूजाको साँझ भारतलाई बेचियो ३८० मेगावाट बिजुली

लक्ष्मीपूजाको साँझ भारतलाई बेचियो ३८० मेगावाट बिजुली

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि बिजुली भारत निर्यात गरेको छ।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणका अनुसार सोमबार साँझ पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचेको हो।

लक्ष्मीपूजाको साँझ ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग भएको थियो। त्यो समयमा १३०५ मेगावाट बिजुली खपत भएको थियो। निर्यातसहितको बिजुली जोड्दा त्यतिबेला प्राधिकरणको प्रणालीबाट १६८५ मेगावाट बिजुली आपूर्ति भएको थियो।

नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न सुरू भएसँगै पहिलो पटक यसपालि प्राधिकरण लक्ष्मीपूजाको साँझ पनि बिजुली भारत पठाएको हो।

नेपाली विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताएका छन्।

प्रकाशित: Oct 25, 2022| 09:32 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।