वीरगञ्ज- पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो।
असोज ५ गते बिहान ०७:१७ बजे पर्सा सखुवाप्रसौनी गाउँपालिका ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना.१३प३५४४ नम्बरको मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारार्थ कलैया अस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो।
थप उपचारको लागि साढे ८ बजे एलएसन्युरो अस्पतालमा रिफर गरिएको थियो। उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
यादव मंसिर-४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ।