सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी हुँदा तीन वटा पसलमा क्षति पुगेको छ।
हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल तथा होटल रहेको घरमा गएराति आगो लागेको हो।
आगो स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा निभाइएको छ।
पाँचखाल नगरपालिकाको दमकल आएपछि आगो पूर्ण रुपमा निभेको र क्षतिबारेको थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिँह भण्डारीले बताए।