धनगढी- कैलालीको गौरीगंगा नगरपालिका-५ अण्डैया शिविरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
गएराति लक्ष्मी पूजाको दिन बत्ती बाल्ने क्रममा अण्डैयाका ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै कैलाली प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरको कोठामा बत्ति बाल्ने क्रममा बायाँ हातमा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।