मंगलबार, वैशाख २९, २०८३

अवैध काठसहित रौतहटबाट ट्रक बरामद

रौतहटस्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठसहितको एउटा ट्रक बरामद गरेको छ।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

रौतहट- रौतहटस्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठसहितको एउटा ट्रक बरामद गरेको छ। 

National life

डिभिजन बन कार्यालय रौतहटबाट सहायक वन अधिकृत  बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले ना२ख ८७१७ नम्बरको ट्रकमा अवैध तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको जनाएको छ।

चन्द्रपुर नगरपालिका जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा गएराती टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो। 

बरामद ट्रकमा १ सय ५०  क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले  बताएका छन्। 

सशस्त्र बन गस्ती टोलीलाई हेरेर ट्रक चालक ट्रक छोडेर फरार भएको प्रमुख कर्णले जानकारी दिए। बरामद  काठ सहितको ट्रक  आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यलय  रौतहटमा बुझाइएको छ।

प्रकाशित: Oct 25, 2022| 08:40 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।