आज २०७९ कात्तिक ८ गते तदनुसार २५ अक्टुबर २०२२ मंगलबार। कार्तिक कृष्ण औंसी पञ्चाङ्ग: विषकुम्भ नाग चित्रा, गाईगोरु पूजा/खण्डग्रास
मेष : आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। पारिवारिक वातावरण पनि सुमधुर रहनेछ।
वृष : आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।
मिथुन : आज शुभकार्यको चर्चा चल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।
कर्कट : आज नसोचेको ठाउँबाट धनागम हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ।
सिंह : आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। पुनर्मिलनको योग रहेको छ। सफल यात्रा पनि हुनेछ।
कन्या : आज जोशजाँगर बढ्नेछ। भौतिक साधन जुटाउने समय छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर सौन्दर्यतामा धन खर्च पनि हुन सक्छ।
तुला : चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। प्रेम सम्बन्ध कसिलो होला। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ।
वृश्चिक : आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्नेछ। साँझमा रमाइलो यात्रा पनि हुन सक्छ।
धनु : आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग पनि मिल्नेछ।
मकर : नयाँ कार्यको योजना बन्नेछ। कुनै कुराले शान्ति छाउनेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ।
कुम्भ : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पनि पूरा होला।
मीन : आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था भने ठिकै रहनेछ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।