आइतबार, साउन १०, २०८३

बागमतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा

आज बिहान देशका पहाडी भूभागमा आंशिक वदली रहेको छ। बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं- आज बिहान देशका पहाडी भूभागमा आंशिक वदली रहेको छ। बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। विभागका अनुसार आज प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

आज राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश-१ का थोरै स्थान र वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। नेपालमा अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

प्रकाशित: Oct 25, 2022| 06:51 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।