मंगलबार, फागुन १९, २०८२

भारतीय मूलका ऋषि बन्दैछन् बेलायतको प्रधानमन्त्री

दलको नेताका लागि प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले पनि सुनकलाई समर्थन गर्दै उम्मेदवारी नै नदिएपछि सुनकलाई सहज भएको हो। पूर्वअर्थमन्त्रीसमेत रहेका ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन्।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

लन्डन- बेलायतको नयाँ प्रधानमन्त्रीमा कन्जरभेटिभ पार्टीका ऋषि सुनक नियुक्त हुने भएका छन्। सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनको एकल उम्मेदवारी परेसँगै सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो। 

दलको नेताका लागि प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले पनि सुनकलाई समर्थन गर्दै उम्मेदवारी नै नदिएपछि सुनकलाई सहज भएको हो। पूर्वअर्थमन्त्रीसमेत रहेका ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन्। 

गत साता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जरभेटिभ पार्टीमा नयाँ नेताको खोजी सुरु भएको थियो। ट्रसले प्रधानमन्त्रीमा चयन भएको ४५ दिनमै राजीनामा दिएकी थिइन्। अर्थतन्त्रलाई गति दिने वाचा पूरा गर्न नसकेको भन्दै ट्रसले राजीनाको घोषणा गरेकी थिइन्।

विभिन्न विवादमा परेसँगै त्यसअघिका प्रधानमन्त्री जोन्सनले राजीनामा गरेका थिए। त्यसपछि दलको नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो। ट्रसले सुनकलाई पराजित गरी बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। 

प्रकाशित: Oct 24, 2022| 19:27 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।