मंगलबार, फागुन १९, २०८२

दक्षिणी सुडानमा जातीय हिंसा भड्किँदा २२० जनाको मृत्यु

इथियोपियासँग सीमा जोडिएको ब्लु नाइल प्रान्तमा भूमि विवादका विषयमा हिंसा भड्किँदा उनीहरूको मृत्यु भएको हो।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

जुबा (दक्षिणी सुडान)- दक्षिणी सुडानमा आदिवासी जातीय समुदायमा केही दिनदेखि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या २२० जना पुगेको छ। इथियोपियासँग सीमा जोडिएको ब्लु नाइल प्रान्तमा भूमि विवादका विषयमा हिंसा भड्किँदा उनीहरूको मृत्यु भएको हो। 

वाड अल मही सहरमा बुधबार र मंगलबार भूमि विवाद चर्किएको थियो। सरकारी तथ्यांकअनुसार हिंसामा कम्तीमा २२० जना मारिएको भएपनि उक्त संख्या अझै बढ्न सक्ने आकलन गरिएको छ। घटनास्थलमा उद्धार टोली पुग्न सकेको छैन। हिंसाका बीच वाड अल मही क्षेत्रमा रातको समयमा कर्फ्यू लगाउनुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार उक्त क्षेत्रमा पटकपटक भएका भीडन्तमा ठूलो संख्यामा घरहरू जलाइनुका साथै यस क्षेत्रबाट ७ हजारभन्दा धेरै मानिसहरू भागेर रस्यारिस सहरमा गएर बसोबास गरेका छन्। 

सुडानमा भएको जातीय हिंसाका कारण हालसम्म २ लाख ११ हजार मानिसहरू विस्थापित भइसकेका छन्। 

प्रकाशित: Oct 24, 2022| 16:47 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।