आइतबार, साउन १०, २०८३

स्थगित प्याराग्लाइडिङ आजदेखि सुरु

प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं- प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाईडिङ खेलका क्रममा दुर्घटना हुँदा निसिमको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान गर्नका लागि अनिश्चत समयसम्मको प्रतिबन्ध लगाएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न अनुमति दिएको हो।

प्याराग्लाइडिङ पाइलटको १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थामा परीक्षण हुनुपर्ने, तोकिएका पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट राख्नुपर्ने, तोकिएको क्षेत्रमा मात्र उडान गर्नुपर्ने, उडानमा प्रयोग हुने ग्लाइडरको परीक्षण गराएर उडान अनुमति प्राप्त गर्नुपर्ने र आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नुपर्ने शर्त राखेको र उक्त सर्त १५ दिन भित्र पूरा गर्न नेपाल हवाई खेलकुद सस्था (ना) सहमत भएपछि प्याराग्लाईडिङ खेल सोमबारदेखि सुचारू भएको हो ।

नवौं राष्ट्रिय खेलकुदको दौरान भएको दुर्घटनापछि सुरक्षित उडानका लागि सुझाव दिन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको नेतृत्वमा दुई सदस्यीय कमिटी गठन गरिएको थियो।


उक्त कमिटीले प्रारम्भिक प्रतिवेदन बुझाउँदै केही पाँच बुदे सुझाव दिएको थियो। 

प्रकाशित: Oct 24, 2022| 12:48 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।