शनिबार, जेठ ३०, २०८३

श्रम तथा रोजगार कार्यालयले पाए थप अधिकार

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि निवेदन लिने र स्वीकृति दिन सक्ने अधिकार दिएको हो।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं– वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयलाई थप अधिकार प्रत्यायोजन गरेको छ। विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि निवेदन लिने र स्वीकृति दिन सक्ने अधिकार दिएको हो।  

National life

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ बमोजिम विज्ञापन गरे÷नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने, तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने अधिकार रोजगार कार्यालयले पाएका छन्।  

वैदेशिक रोजगारका लागि व्यक्तिगत श्रम स्वीकृति दिने अधिकार, व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जान चाहनेबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने अधिकार पनि उनीहरुले पाएका छन्।  

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ बमोजिम इजाजतपत्रवाला शाखा कार्यालयको अनुगमन तथा निरीक्षण गर्ने अधिकारसमेत कार्यालयले पाएका छन्। वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४७ र ४८ मा उल्लिखित व्यवस्था पालना गरे÷नगरेको अनुगमन गर्ने अधिकार पनि पाएका छन्। 

धनगढी, सुर्खेत, पोखरा,जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने अधिकारी यसअघि नै प्रत्यायोजित गरिएको थियो। तर ती कार्यालयले राम्रोसँग काम गर्न सकेका थिएनन्।

Shivam cement

प्रकाशित: Oct 21, 2022| 13:46 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्