शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशी मुद्राको सञ्चिति ७ करोड डलर घट्यो, रेमिट्यान्स २० प्रतिशतले बढ्यो

विदेशी मुद्राको सञ्चिति ७ करोड डलर घट्यो, रेमिट्यान्स २० प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले साउनको तुलनामा भदौमा विदेशी मुद्राको सञ्चिति ७ करोड डलरले घटेको देखाएको छ। 

साउनमा ९ अर्ब ४२ करोड रहेको डलर भदौमा ९ अर्ब ३५ करोड कायम भएको छ। आयातमा आएको कमीका कारण विदेशी मुद्रा घट्ने क्रममा कमी आएको छ। आर्थिक वर्ष २०७९–८०  को दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड भित्रिएकाले विदेशी मुद्रा संचितिको दबाबलाई कम गरेको देखिन्छ। यस अवधिमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा शोधनान्तरस्थिति भने २३ अर्ब ६८ करोडले घाटामा रहेको छ।

प्रकाशित: Oct 21, 2022| 12:16 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्