शुक्रबार, फागुन २९, २०८२

'ब्रेकफास्ट'मा दही खाने कि नखाने?

ब्रेकफास्ट अर्थात् बिहानको नास्तामा हामी यस्तो खानेकुरा खान रुचाउँछौं जुन स्वादमा पनि मिठो होस् र शरीरलाई दिउँसोसम्म काम गर्ने शक्ति प्राप्त होस्।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

ब्रेकफास्ट अर्थात् बिहानको नास्तामा हामी यस्तो खानेकुरा खान रुचाउँछौं जुन स्वादमा पनि मिठो होस् र शरीरलाई दिउँसोसम्म काम गर्ने शक्ति प्राप्त होस्।

National life

धेरैजसोले बिहानको नास्तामा दही पनि समावेश गर्ने गरेको पाइन्छ। दहीमा क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम जस्ता महत्वपूर्ण पोषक तत्त्व पाइन्छ।

दहीमा पाइने ब्याक्टेरियाले पाचन प्रक्रियामा मद्दत गर्छ। यो ब्याक्टेरिया पेटको लागि फाइदाजनक मानिन्छ। दहीले इम्युनिटी पावरलाई बढावा दिन्छ।

दहीले शरीरलाई इनर्जी त दिन्छ तर यसले सुस्तता पनि ल्याउँछ। दहीले तपाईंलाई निद्रा लगाउन सक्छ।

दहीले तपाईंलाई इनर्जी दिन्छ कि सुस्त बनाउँछ यो कुरा खाने तरिकामा निर्भर गर्छ।

Laxmi sunrise bank
kumari

तपाईं बिहानको नास्तामा सेलरोटी, पराठा आदि चिल्लोयुक्त आइटम खाँदै हुनुहुन्छ भने दही पनि खान सक्नुहुन्छ। यसले पाचनमा सहयोग पुग्छ। साथै दहीले दिनभर पेटमा जलन पैदा हुन दिँदैन। यसले पेटमा अम्लियताको मात्रा कम गराइदिन्छ।

तर नास्तामा दही यस्तो अवस्थामा मात्र सेवन गर्नुहोस्, जब तपाईंले नास्ता गर्नुअघि पानी, चिया, टोस्ट अथवा ड्राइ फ्रुट्स जस्तो हल्का पेय वा खाद्य पदार्थ लिनुभएको छ।

यसको एक घण्टापछि नास्तासँग दही खानुभयो भने निद्रा लाग्ने समस्या हुँदैन। बिहानको समयमा अमिलो दही खानु हुँदैन, गुलियो मात्र खान उपयुक्त हुन्छ। सुगरको समस्या छैन भने एक चम्चा चिनी थपेर पनि खान सक्नुहुन्छ।

बिहान दहीमात्र नखानुहोस्। खाली पेटमा खाएको दहीले अनेक समस्या निम्त्याउन सक्छ।

प्रकाशित: Oct 21, 2022| 06:35 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्