मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कंगोमा विद्रोहीहरूद्वारा स्वास्थ्य केन्द्रहरूलाई निशाना, सातको हत्या

कंगोमा विद्रोहीहरूद्वारा स्वास्थ्य केन्द्रहरूलाई निशाना, सातको हत्या

विद्रोहीहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बुधबार राति दुईवटा स्वास्थ्य केन्द्रलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र एक नर्सलाई अपहरण गरेको स्थानीय स्रोतले बताएको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

कंगो- विद्रोहीहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बुधबार राति दुईवटा स्वास्थ्य केन्द्रलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र एक नर्सलाई अपहरण गरेको स्थानीय स्रोतले बताएको छ।

'उनीहरूले बिरामीलाई पनि मारे,' उत्तरी किभु प्रान्तको बेनी क्षेत्रको माबोया शहरमा रहेको रेफरल क्लिनिकका नर्स नोर्बर्ट मुहिन्दोले एएफपीलाई  बताएका छन्।

विद्रोहीहरू एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) मा आबद्ध रहेको बताइएको छ।  

आक्रमणकारीहरूले पहिले स्वास्थ्य केन्द्रमा आगजनी गर्दै तीन जनाको हत्या गरेका थिए।  शहरको केन्द्रमा आतङ्क फैलाउनु अघि अन्य तीन जना मारिएका थिए। 

मुहिन्दोले उनीहरू माबोया स्वास्थ्य केन्द्रबाट करिब १.५ किलोमिटर (लगभग एक माईल) टाढा रहेको "प्रोटेस्टेन्ट समुदायको स्वामित्वमा रहेको टिङ्गे अस्पताल" मा गएको बताएका छन्।

kumari

टिङ्गेमा उनीहरूले एक सेन्ट्रीलाई मारेको र एक नर्सलाई अपरण गरेको  बताएका  छन्।

बासु चीफडम (एउटा प्रशासनिक निकाय) को नागरिक समाजका अध्यक्ष रोजर वाङ्गेभले आक्रमणको पुष्टि गर्दै "एडीएफ विद्रोहीहरू" उक्त घटनाको  जिम्बेवार ठानेका छन्।

वाङ्गेभका अनुसार विद्रोहीहरूले पछि गाउँहरू जलाएर लुटपाट समेत गरेका थिए।  यसै बीच सात जनाको मृत्यु भएको एक प्रहरी स्रोतले पुष्टि गरेको छ तर परिचय भने सार्वजनिक गरेको छैन। 

प्रकाशित: Oct 21, 2022| 00:10 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।