मंगलबार, वैशाख २९, २०८३

कर्णालीमा यातायात तथा हवाई सेवालाई सहज बनाउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ। 

National life

आयोगका सहसचिव डा टीकाराम पोखरेलले २०७९ असोज २१ गतेदेखि अवरुद्ध जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकको आवतजावतमा कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै उक्त आग्रह गरेको जानकारी दिए।

आवतजावतमा देखिएको समस्याका कारण दसैँ मनाउन घर गएका नागरिक गन्तव्यस्थलमा फर्किन नपाएको परीक्षार्थी परीक्षा स्थलमा पुग्न नपाइरहेको, आकस्मिक उपचारको आवश्यक परेका बिरामी तथा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी समस्यामा परेको आयोगले जनाएको छ। हुम्लामा चामलको भण्डारण सकिएको एवं जुम्लामा करिब सात सय र मुगुमा करिब एक सय ५० जना नागरिक अलपत्र अवस्थामा रहेको पाइएको छ। 

आयोगले बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग छलफल गर्नुका साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग आवश्यक जानकारीसमेत लिएको छ। 

आयोगले कर्णालीमा अलपत्र परेका नागरिक विशेषतः सुत्केरी, गर्भवती, बिरामी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, परीक्षार्थीलाई तत्काल विशेष व्यवस्था गर्ने, वायुसेवा कम्पनीलाई जिम्मेवार बनाउन आग्रह गरेको छ।

साथै, उडान सङ्ख्या थप गर्ने, उडान नियमित गर्ने, हवाई टिकट पारदर्शी बनाउने, टिकट वितरण प्रणाली पहुँचयुक्त बनाउने, दुर्गम पहाडी तथा हिमाली जिल्ला हवाई सेवा समस्या समाधानका लागि तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने नीतिगत तथा कार्यगतलगायतका विषयमा आयोगले प्राधिकरणलाई आग्रह गरेको छ।

प्रकाशित: Oct 20, 2022| 23:40 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।