शुक्रबार, फागुन २९, २०८२

ओरालो लाग्दै कोरोना संक्रमण, ९९.५ प्रतिशत लक्षित जनसंख्याले लगाए खोप

विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दो दरमा रहेको छ। विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ। 

आज ५१ जना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन्। यो दर ९८.७ प्रतिशत रहेको हो। सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय २७ जना पुगेको छ। 

सो अवधिमा १५ हजार तीन सय ५९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हालसम्म लक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले एक मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्। 

प्रकाशित: Oct 20, 2022| 22:00 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्