आइतबार, वैशाख ७, २०८२

मुलुकमै मनग्य कमाएर खाने अवसर छ

कामका लागि विदेश जाने कैयौँ विमानमा नभई-नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ। तर इच्छाशक्ति भए सीप र ज्ञानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नेको पनि कमी छैन।
 |  शुक्रबार, कात्तिक ४, २०७९
nespernesper

रासस

रासस

शुक्रबार, कात्तिक ४, २०७९

vianetvianet

टंकीसिनवारी- मीठो सपना साकार पार्न भन्दै रोजगारीका लागि नेपालबाट विदेशिनेको सङ्ख्या दैनिक हजारौँमा छ। तर वैदेशिक रोजगार सबैका लागि फलिफाप सिद्ध हुँदैन। कामका लागि विदेश जाने कैयौँ विमानमा नभई-नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ। तर इच्छाशक्ति भए सीप र ज्ञानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नेको पनि कमी छैन।

triton college

 लगन र मेहनत भए सानोतिनो काम र उच्च अध्ययनबिना नै पनि नेपालमा नै प्रशस्त रूपैयाँ आर्जन गरेर सपना साकार पार्न असम्भव छैन। कर्णाली प्रदेशअन्तर्गतको कालिकोट जिल्लाको तिलगुफा नगरपालिका बस्नुहुने चक्रबहादुर थापा विभिन्न खाले धातुका औँठी र नेपाली ढाका टोपी बेच्छन्। कर्णालीबाट व्यापार गर्नैका लागि उनी इटहरीमा केही महिनादेखि डेरा जमाएर बसेका छन्। 

बूढीगङ्गा–३ को बाँसबारीमा औँठी बेच्दै अवस्थामा भेटिएका थापा आफ्नो कारोबारबाट सन्तुष्ट छन्। थापाले दैनिक रु नौ सयदेखि एक हजार पाँच सयसम्मको औँठी र टोपी बेच्ने गरेका छन्। थापा ग्राहकले धेरै ग्रह दशा काट्ने औँठी खोज्ने गरेको र सन्तोषजनक परिणाममा औँठीको बिक्री हुने गरेको बताउछन्। तिहार नजिकिँदै गर्दा ढाका टोपी पनि सदाको भन्दा दोब्बर बिक्री हुने र आम्दानी पनि झन् बढ्ने थापाले बताए। ‘आम्दानी पनि राम्रै भएको र आफ्नो मनको राजा आफैँ भएकाले अर्काको खटनमा काम गर्न वैदेशिक रोजगारीमा किन जानु?’ भन्दै ठट्यौली पारामा थापाले प्रश्न गरे।

बेलबारी नगरपालिका–९ डाँगीहाटका किशन राजवंशीलाई विदेश जाने रहर थियो। जिल्ला प्रशासन कार्यालय, विराटनगरमा राहदानी बनाउन आएका राजवंशी आफ्ना काका सत्यनारायण राजवंशीको प्रेरणाले पेन्टिङ काममा संलग्न भए। काकाले नै विराटनगर–४ मा सञ्चालन गर्दै आएको पूर्वाञ्चल मिडियामा ब्यानरदेखि नम्बर प्लेट रङरोगन गर्न सिके। आम्दानी हुँदै जान थालेपछि राजवंशीलाई विदेशको मोहले सताउन छाड्यो। 

राजवंशीले अहिले महिनामा रु ३५ हजारदेखि ४० हजार कमाउँछन्। उनले इमान्दारी साथ काम गर्ने जाँगर भए मुलुकमा नै मनग्य कमाएर खाने अवसर भएको बताए। राहदानी बोकेर विदेश उड्ने सोच लिनुभएका राजवंशीले सीप सिकेर वैदेशिक रोजगारीमा जाने युवा युवतीभन्दा आफूले यहीँ बसेर मनग्य कमाउन थालेको भन्दै गर्व गर्छन्।  

National life insurance

 ठेलामा केरा राखेर बेच्ने संगीत महतोले आफू बसेकै ठाउँमा कमाइ छ भने विदेश किन जाने? भनेर प्रश्न गरे। विराटनगर–७ को सहिद मैदान अगाडि भेटिएका संगीतले आफूले सुनसरीको देवानगञ्जदेखि केराका भारी ल्याएर बेच्ने गरेको अनुभव सुनाए। महतोले केरा बिक्रीबाट चाहे जस्तो मुनाफा आर्जन गरेको र घर पनि मज्जाले चलिरहेको बताए। टुङ्गो न बुङ्गोको विदेश जानुभन्दा स्वदेश निर्माणमा योगदान गर्नु उत्तम हुने तर्क महतोले राखे। 

वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको बिचल्ली भएको छ। विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङको परिसरमा रहेको सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रले आफूलाई विदेश लगेर बिचल्ली बनाएको भन्दै एजेन्ट र म्यानपावर विरुद्ध असोज महिनामा मात्रै १९ वटा उजुरी परेको बताएको छ। केन्द्रकी परामर्शकर्ता मुना निरौलाले चार वटा उजुरीको समाधान गरिएको र बाँकी अनुसन्धानको क्रममा रहेको बताए। 

निरौलाले साउनयता एक हजार दुई सय व्यक्तिले विदेश जानका परामर्श लिइसकेको बताए। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले राहदानीका लागि प्रशासनको राहदानी फाँटमा दैनिक एक सय वटा आवेदन पर्ने गरेको बताए। सेवाग्राहीको अत्यधिक चापका कारण प्रशासनले दैनिक ८० वटा मात्र राहदानीको आवेदन लिने भनी गरेको अघिल्लो निर्णयलाई उल्टाउँदै आज बिहीबारदेखि दैनिक एक सय वटा आवेदन लिन थालिएको बताए। 

प्रकाशित: Oct 21, 2022| 06:00 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।