मंगलबार, फागुन १९, २०८२

४५ दिनमै राजीनामा दिइन् बेलायती प्रधानमन्त्रीले

बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन्। ४५ दिनअघि मात्र प्रधानमन्त्रीमा निर्वाचित भएकी ट्रसले राजीनामा दिएकी हुन्।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

लन्डन- बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन्। ४५ दिनअघि मात्र प्रधानमन्त्रीमा निर्वाचित भएकी ट्रसले राजीनामा दिएकी हुन्।बेलायतको इतिहासमा उनी सबैभन्दा कम समयमा नै राजीनामा दिने प्रधानमन्त्री बनेकी छन्।

आफू प्रधानमन्त्री बनेका बेला बेलायतमा आर्थिक समस्या रहेको र ती समस्यालाई समाधान गर्दै कर कटौती गर्ने म्यान्डेट पूरा गर्न नसकिने भएकाले राजीनामा दिएको उनको वक्तव्यमा उल्लेख छ। पार्टीको नेता चयन गर्ने बेला उनले कर कटौती गर्नुका साथै आर्थिक समस्या समाधान गर्ने वाचा गरेकी थिइन्। 

'म मान्छु मलाई जुन परिस्थितिमा कन्जर्भेटिभ पार्टीले जस्तो जिम्मेवारी दिएको थियो, त्यो पूरा गर्न नसक्ने निष्कर्षसहित पद त्यागेकी हुँ,' पत्रकारहरुसँग उनले भनेकी छन्। 

राजा चार्ल्सलाई भेटेर राजीनामा दिइसकेको उनले जानकारी दिइन्। राजीनामापछि कन्जर्भेटिभ पार्टीको नेताको जिम्मेवारीबाट पनि राजीनामा दिने उनको भनाइ छ। 

बेलायती विपक्षी दल लेबर पार्टीका नेता सर केयर स्ट्रामरले तत्काल आम निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन्। उनले भने, 'कन्जरभेटिभ पार्टीले अब उपारान्त सरकारमा रहने म्यान्डेट गुमाइसकेको छ। जसका कारण अब आम चुनावको मिति घोषणा गरिनुपर्दछ।'

kumari

सन् १८२७ मा तत्कालीन प्रधानमन्त्री जर्ज क्यानिङले ११९ दिनमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। 

प्रकाशित: Oct 20, 2022| 18:48 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।